साताकाे पहिलाे दिन बढ्याे ७.८५ अंकले नेप्से

-



     सफल आवाज    
     असार २० गते २०७८ मा प्रकाशित



काठमाडाैं, २० असार । काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार शेयर बजारको प्रि-ओपनिङले सकारात्मक मोड लियो । मध्यान्ह र त्यसपछि केहिबेर दोहोरो अंकले घढेको शेयर बजारमा दिउँसो एक बजेसम्म आउँदा भने पुनः सकारात्मक लयमा फर्कियो ।

यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ७.८५ अंकले बढेर २८५०.८४ विन्दुमा पुग्यो । नेप्से ०.२८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स २.२७ अंकले बढेर ५३१.०५ विन्दुमा पुगेको छ ।

कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । ४५ लाख ११ हजार ७६४ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब २४ करोड ८३ लाख ८३ हजार २६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये व्यापार, नीर्जिवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा रातो लागेको छ ।

बैकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य र माइक्रोफाइनान्स उपसमूहमा हरियाली छाएको छ ।

तर बजार बन्द हुँदाको समयसम्म शेयर बजारमा सकारात्मक वा नकारात्मक प्रभाव पर्ने संभावना कायमै रहने भएकोले त्यो बेलासम्मको पर्खाई भने हरेक दिन हुने गर्छ ।