साताको दोश्रो दिन सोमबार : नेप्सेमा दोहोरो अंकको गिरावट

-



     सफल आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असार । शेयर बजारको सोमबारको प्रिओपनिङ सेसनमा सकारात्मक लय पछ्याएको पाईएपनि सवा ११ बजेपछि भने दोहोरो अंकले गिरावट भएको छ ।

नेप्से परिसूचक ३.०७ अंकले घटेको छ । यसरी घटेको नेप्से २८३१.४४ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ०.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.७१ अंकले बढेर ५२६.७४ विन्दुमा पुगेको छ ।

अहिलेसम्म १५७ कम्पनीको शेयर कारोबार भएको छ । २ लाख ६९ हजार ३४४ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ५१ करोड २१ लाख ९ हजार ५९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहहरु राताम्मै भएका छन् । हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहमा हरियाली छाएको छ ।