बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ असार । सोमबार स्थिर रहेर आईतबारकै मूल्यमा कारोबार भएको सुनचाँदीको भाउ मंगलबार भने उकालाे लागेकाे छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा रुपैयाँ ५ ले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।