पेट्रोलमा २, ग्यासमा २५ रुपैयाँ बढ्याे

-



     सफल आवाज    
     असार २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ । फेरि नेपाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । आजबाट लागू हुनेगरी निगमले मूल्य बृद्धि गरेकाे हो । पेट्राेलमा २ रूपैयाँ तथा ग्यासमा २५ रूपैयाँ बृिझ गरेकाे छ ।

आयल निगमले बिज्ञप्ति जारि गरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको जनाएको छ । बृद्धि गरेपछि पेट्रोलको मूल्य १२९ भएको छ । डिजेल र मटिट्टतेलको ११२ पुगेको छ ।

हवाई इन्धनमा आन्तरिक उडानतर्फ साविक मूल्यमा २ रुपैयाँ बढाएको छ । अब आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय हवाई उडानतर्फ प्रति किलोलिटर अमेरिकी डलर ७५४ रुपैयाँ भएको छ । निगमले एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि गरेको छ । अब उपभोक्ता मूल्य प्रति सिलिण्डर १ हजार ४२५ भएको छ ।