पाचौं दिनपछि बिहिबार छायाे शेयर बजारमा हरियाली

-



     आरजू विष्ट सल्यानी    
     असार २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असार । साताको पाँचौ दिन बिहिबार काराेबार हुने अन्तिम दिन शेयर बजारले सकारात्मक लय पकडेको छ । चार दिन लागातार ओरालो लागेको नेप्से उकालो लागेको छ । यसले लगानीकर्तामा उत्साह जगाएकाे छ ।

नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । नेप्से ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार र अन्य उपसमूहको शेयर घटेको छ । बाँकी ११ वटै उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ ।

फाइनान्सको उपसूहकाे सूचक ३.०९ प्रतिशत, विकास बैंक उपसमूहकाे ०.१२, हाइड्रोपावर १.९५, माइक्रोफाइनान्स १.३३ र लगानी उपसमूहकाे १.०८ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको २१ करोड १८ लाख १९ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।