युनियन लाइफमा पहिलो दिनमै करिब डेढ गुणा माग

-



     सफल आवाज    
     असार २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ असार । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला गरेको पहिलो दिनमै करिब डेढ गुणा माग भएको छ।

कम्पनीको ६४ लाख ५० हजार कित्ता आईपीओ मध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको छ।

असार २४ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने आईपीओमा पहिलो दिननै ९१ लाख ६ सय कित्ता सेयरको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त माग गरेको सेयर संख्या बिक्रीमा राखिएको ६४ लाख ५० हजार कित्ताको १.४१ गुणा बढी हो।

बिहिबार बेलुकासम्मको तथ्याङ्कमा पाँच लाख १० हजार ९४५ जना आवेदकले ९१ लाख ६०० कित्ता सेयर माग गरेका छन्। माग भन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओमा असार २८ गते सोमबार कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ।