एक सातामा २७ अंकले घट्यो नेप्से परिसूचक, हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए

-



     सफल आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ असार । सतामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ । अघिल्लो २ हजार ८ सय ५२ दशमलव २४ अंकमा रहेको नेप्से परिसूचक २ हजार ८ सय २५ दशमलव १० अंकमा झरेको छ । सातामा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक समूहमा देखिएको छ । या समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४३१ अंक अथाएत ७ दशमलव ५७ प्रतिशतले बढेको छ ।

यसबाहेक पनि व्यापार, बैंकिङ र म्युचुअल फण्ड पनि बढेका छन् । व्यापार समूहको सवइन्डेक् ४२ अंकले बढेको छ भने बैंकिङ समूह ४ अंकले बढेको छ ।

उता घट्नेहरुको शिर्ष स्थानमा भने हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रो सातामा ५ दशमलव २८ प्रतिशतले घटेको छ । घट्ने दोस्रोमा फाइनान्स समूह ३।४२ प्रतिशत र तेस्रोमा लगानी समूह २।२२ प्रतिशत रहेको छ ।

सातामा सबैभन्दा धेरै कारोबार हुनेमा हिमालय डिस्टीलरी लिमिटेडको सेयर देखिएको छ । बिहीबार प्रतिकित्ता ६३ रुपैयाँले बढेर यस कम्पनीको सेयर मूल्य ५ हजार ५ सय २५ रुपैयाँमा बन्द भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा माथिल्लो तामाकोशी देखिएको छ ।

सातामा सबैभन्दा धेरै सेयर मूल्य घट्ने पहिलो नम्बरमा माथिल्ले तामाकोशी देखिएको छ । यो कम्पनीको सेयर मूल्य एक सातामै १०४ रुपैयाँले घटेको छ । जुन १२ दशमलव ९४ प्रतिशत हो । यहीँ सातामात्रै तामाकोशी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । धेरै घट्नेको दोस्रो नम्बरमा भने नेको इन्स्यारेन्स देखिएको छ ।

सातामा सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा सिभिल लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयर मूल्य मसबैभन्दा धेरै ८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।