
काठमाडौं, २७ असार । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेको छ । संघले आजदेखि कालो ब्यानर देखाउने तथा हातमा कालोपट्टि बाधेर बिरोध प्रदर्शन गर्ने भएको हो ।
खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो ।
शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
घोषित कार्यक्रम अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुमा हरेक दिन विहान १० बजेदेखि १०ः१५ सम्म संघको ब्यानदरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन हुने महासचिव खरेलले जनाए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




