सुनको मूल्य स्थिर, चाँदीको बढ्याे

-



     सफल आवाज    
     असार २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ असार । साताको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज स्थिर रहेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा नै कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने १० रुपैयाले बृद्धि भएको । यसरी मूल्य बढेर चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा करोबार भएको छ । शुक्रबार चाँदी प्रतिताेला १ हजार ३०५ रूपैयाँमा काराेबार भएकाे थियाे ।