
पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ ।
स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।
तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमुनाहरुमध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।
यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्ट भन्दा बढी संक्रामक रहेको स्वास्थ्यविज्ञहरु बताउँछन् । व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्क रहन आग्रह गरिएको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




