अमेरिकाले पठाएको १५ लाख खोप नेपाल आइपुग्यो

-



     सफल आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ असार । संयुक्त राज्य अमेरिकाले नेपालाई अनुदानस्वरुप १५ लाख कोरोनाविरुद्ध खोप उपलब्ध गराएको छ । सो परिणामको डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार राजधानी काठमाडौं आइपुगेको छ ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । सो अवसरमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल सरकारका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।