
काठमाडौं, २८ असार । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छावापाला सुनको मूल्य २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको जानकारी दिएको छ । यसअघि सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



