युनियन लाइफको आइपीओमा पर्यो अहिलेसम्मकै बढी आवेदन

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २१ लाख ७२ हजार ८६८ जनाको आवेदन परेको छ । लगानीकर्ताले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ता शेयरका लागि आवेदन पेश गरेका छन् । जो माग गरेभन्दा ५.९१ गुणा बढी हो ।

कम्पनीले असार २४ गते ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्रीमा ल्याएकाो थियो । जस्मध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि छुट्याईएको छ ।

यस्तै ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी भएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताका लागि प्रतिशेयर १०० रुपैयाँको दरले घटिमा १० तथा बढीमा ३२ हजार २५० कित्तासम्म आवेदन गर्न सकिने प्रावधान राखिएकाे थियाे । चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको कम्पनीको आइपीओ बिक्रीपछि चुक्ता पूँजी अर्ब १५ करोड पुग्ने भएको छ ।