समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर आजबाट लिलामी बिक्रीका लागि राखिएको छ ।

कम्पनीले असार ३ गते संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । असार १० सम्मको अवधिमा पूरा आवेदन नपरी बाँकी रहेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता शेयरलाई पुनःलिलामी बिक्रीका लागि राखिएको हाे ।

लगानीकर्ताहरुले तोकिएको १०० रुपैयाँभन्दा माथि बोलपत्र पेश गर्नुपर्ने छ । यसका लागि कम्तिमा १००० कित्ता तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

आवेदन दिन चाहनेले बीओके क्यापिटल, बैंक अफ काठमाडौं र शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढीबाट आवेदन दिन सक्नेछन ।

यस्तै समृद्धि फाइनान्सको हेटौंडामा रहेको केन्दीय कार्यालय, शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, पोखरा तथा नारायणगढ चितवनबाट आवेदन दिने सकिने भएको छ । आवेदनका दिनका लागि अन्तिम म्याद साउन ५ गतेसम्म रहेको छ ।