
काठमाडौं, २९ असार । साताको तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा १० रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



