सरकार परिवर्तनसंगै शेयर बजारमा छायाे हरियाली, आकर्षण फाइनान्समा

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । साताको तेश्रो दिन मंगलबार शेयर बजारले उकालोको यात्रा गरेको छ । अघिल्लो दिन राताम्मै भएको शेयर बजारमा आज भने सरकार परिवर्तनसंगै हरियाली छाउँदा लगानी कर्ताहरुमा उत्साह जागेकाे छ । कारोबारमा उल्लेखनिय प्रगति नभए पनि सूचकांकहरु बढेका छन् ।

नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको कारोबार भएको छ । १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार गरेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्समा मात्रै रातो लागेको छ । बाँकी १२ वटै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्सतिर लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

बढी कारोबार गर्ने १० कम्पनीहरुः-

नेपाल बङ्गलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड र ज्योति विकास बैंक लिमिटेड रहेका छन् ।