जापानले नेपाललाई १६ लाख मात्रा खोप दिने

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर छिटै नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै पराराष्ट्र मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकाेमा नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेको छ ।