सुनको भाउ बढ्यो, चाँदीको घट्यो

-



     सफल आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० असार । साताको चौथो दिन बुधबार सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयामा खरिदबिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा काराेबार भएको थियो ।