
काठमाडौं, ३१ असार । साताको पाँचौ दिन बिहिबार पनि सुनचाँदीको भाउ आकाशिएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ ।

साउन आउन एक दिन अगाडी नै बढेको सुनचाँदीको भाउ साउन महिनामा उच्च हुनसक्ने आकलन गरिएको छ । साउनकाे आरम्भसंगै नेपालीका चाडपर्व पनि शुरु हुने र साउनमा गरगहना लगाउने चलन पनि रहेकोले व्यवसायीलाई माग अनुसारको सुन पुर्याउन हम्मे-हम्मे पर्न सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले बृद्धि भएर ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीमा ५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



