श्रम स्वीकृति लिने घटे, रेमिट्यान्स १२.६ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले यस अर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा आएको बताएको छ ।

बैंकले आज सार्वजनिक गरेको बिवरणमा देशको आर्थिक वित्तीय अवस्थामा विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष सोहि अवधीमा रेमिट्यान्स ३.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको जनाईएको छ । गएको वर्षको विवरणलाई हेर्ने हो भने यो ५.२ प्रतिशतले घटेको थियो ।

विदेशबाट देशमा विप्रेषण बढेर भित्रिएको भएपनि विदेश जानेहरुको संख्यामा भने कटौती भएको देखिएको छ । जेठ महिनासम्मको विवरणलाई हेर्दा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएका नेपालीको संख्या ५९.९ प्रतिशतले घटेकोे छ ।

गएको वर्ष सोहि अवधिमा १२.४ प्रतिशतले घटेको थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेहरुको संख्या पनि घटेको छ । यो संख्या ४७.१ प्रतिशत रहेको छ । गएको वर्ष यो संख्या ३१.१ प्रतिशत थियो ।