साताको अन्तिम दिन नेप्से ११.३३ अंकले बढ्यो, कारोबार सन्तोषजनक

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असार । साताको शेयर कारोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा देखिएको छ ।

नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा पुगेको छ । याे 0.३९ प्रतिशतले बढेको मापक हाे । यस्तै सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेर ५४१.३१ विन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको कारोबार भएको हाे।

बैंकिङ, व्यापार, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा र माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।

यस्तै होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, अन्य, जीवन बीमा र लगानी उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।

करोबारको आधारमा सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको ३३ करोड ३० हजार ९२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।