
काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेन्जमा बिहिबार ५० अर्बको डिबेन्चर (ऋणपत्र) सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका ५ वटा विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएका ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार असार ३१, बिहिबारको निर्णय अनुसार सूचीकरण गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् ।
नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका ५ वटा विकास ऋणपत्रहरुमा २०६४ ‘च’ ६ वर्षे अवधिको लागि १० अर्बको रहको छ । ४.७२ प्रतिशत ब्याजदरको ऋणपत्र २०७८ असार ९ गते निष्काशन गरिएको थियो । अर्धवार्षिक रुपमा ब्याज भुक्तानीको प्रावधान रहेकोमा सावाँ भुक्तानी मिति २०८४ असार ९ गते रहेको छ ।
२०८३ ‘ग’ को ६ वर्षे अवधिको लागि १० अर्बको रहेको छ । ३.९ प्रतिशत ब्याजदर रहेको छ । यो २०७७ माघ २१ मा निष्काशन भएको हो । अर्धवार्षिक ब्याज भुक्तानी अवधि रहेकोमा साँवा भुक्तानी अवधि २०८३ माघ २१ गते रहेको छ ।
२०८४ ‘ङ’ को ७ वर्षे अवधिको लागि १० अर्बको रहेको छ । ३.८८ प्रतिशतको ऋणपत्रको निष्काशन २०७७ माघ १४ मा भएको हो । अर्धवार्षिक ब्याज भुक्तानी अवधि रहेकोमा साँवा भुक्तानी अवधि २०८४ माघ १४ रहेको छ ।
२०८५ ‘घ’ को ८ वर्षे अवधिको १० अर्बको रहेको छ । ४.०० प्रतिशत ब्याजदर रहेको ऋणपत्रको निष्काशन मिति २०७७ फागुन १२ रहेको छ । अर्धवार्षिक ब्याजदर भुक्तानी अवधि रहेकोमा साँवा भुक्तानी अवधि २०८५ फागुन १२ रहेको छ ।
२०८५ ‘ङ’ ८ वर्षे अवधिको लागि १० अर्बको रहेको छ । ४.१२ प्रतिशतत ब्याजदर रहेकाे ऋणपत्रको निष्काशन मिति २०७७ फागुन १९ रहेको छ । अर्धवार्षिक ब्याज भुक्तानी अवधि रहेकोमा साँवा भुक्तानी अवधि २०८५ फागुन १९ रहेको छ ।
नेपाल स्टक एक्सचेन्जले प्रकाशन गरेको सूचना यस्तो छः-









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




