
काठमाडौं, १ साउन । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आर्थिक वर्षको अन्तिम दिन आकाशिएको सुनचाँदीको भाउ नयाँ आर्थिक वर्ष शुरु भएको पहिलो दिन अघिल्लो दिनकै भाउमा रोकिएको हो ।

उसो त साउन महिना चाडपर्वको महिना हो । यसपछि लगातार चाडपर्वहरु क्यालेण्डर अनुसार आउँदैछन् । विशेषगरी चापर्वको समयमा गरगहना गरिदबिक्री अन्य समयकोभन्दा बढी हुने चलन पनि छ । भाउ बढ्दा बेच्ने र घट्दा खरिद गर्ने बजारमा प्रवृत्ति पनि देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज अघिल्लो दिनकै भाउमा प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



