
काठमाडौं, १ साउन । सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थााले आइपीओ निष्काशन गर्ने अनुमति पाएपछि आइपीओ निष्काशनको प्रक्रिया छिट्टै शुरु गर्ने भएका छन् । दुबै कमपनीलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सले गत जेठको ९ गते साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीका लागि सेबोनमा आवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति मागेको थियो । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको जेठ २३ गते आयोजना गरिएको साधारणले सभाले आइपीओ निष्काशनको विशेष प्रस्तााव पारित गरेको थियो ।
यस अर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ११.७५ प्रतिशत बढेर ९ करोड ३६ लाख ८६ हजार खुद नाफा कमाएको छ । जीवन बीमा कोषको रकम १ अर्ब ९२ करोड ३५ लाख भएको जनाएकाे छ । चैतको अन्तिमसम्म कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब ४७ करोड ८२ लाख रहेको छ । जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार संचित गरेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ ।
उता मानुषी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनको लागि गत वैशाख १३ मा सेबोनमा आवेदन दिएको थियो । संस्थाको गत पुष २८ गते सम्पन्न साधारण सभाले साधारण शेयर निष्काशनको विशेष प्रस्तावलाई पारित गरेको थियो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनका लागि निवेदन दिएको थियो । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैकिङ तोकिएको छ । संस्थाले चैत्रको अन्तिमसम्म आउँदा १ करोड १९ लाख नाफा कमाएको छ । जगेडा कोषमा ३ करोड ५२ लाख राखेको कम्पनीको चुक्ता पूँजी ७ करोड रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




