
काठमाडौं, १ साउन । नेपाल पुनर्बीमा कम्पनीले मुनाफामा बृद्धि भएको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा बढेको जनाएको हो ।
कम्पनीले इन्स्योरेन्सको नाफा बढेर ९२ करोड ५७ लाख पुगेको जनाएको छ । गएको वर्ष सोहि अवधिमा ९१ करोड ६१ लाख नाफा आर्जन भएको थियो । जो अघिल्लो वर्षको तुलनामा नाफा १.०५ प्रतिशतले बढी हो ।
कम्पनीले तेश्रो त्रैमाससम्म आउदा निर्जीवन बीमाबाट ८२ करोड ४७ लाख तथा जीवन बीमाबाट १० करोड १० लाख रुपैयाँ बराबरको योगदान गरेको जनाएकाे छ ।
कम्पनीको खुद बीमा शुल्क १९.९४ प्रतिशतले बढेर ५ अर्ब ९२ करोड ५६ लाख पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४ अर्ब ९४ करोड ७ लाख रहेको थियो ।
चुक्ता पूँजी १० अर्ब रहेको छ । जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रहेको छ भने बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रहेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६.५० प्रतिशत बोनस तथा ३.५ प्रतिशत लाभांश वितरण गरिने भएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



