फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ साउन । साताको पहिलो दिन सुनचाँदीको भाउ फेरि घटेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ६०० ले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले गिरावट भई प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।