चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



दमासकस, ३ साउन । चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत भएका छन् । उनीहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उनीहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा छन् । उनले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गरेका थिए ।

यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताए। त्यस अवसरमा सिरियामा शान्ति र विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताए ।

सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेकाे भन्दै उनले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राखे । त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिए।