नयाँ आर्थिक वर्षको पहिलाे दिनमै छायो नेप्सेमा हरियाली, कारोबार रकममा पनि बृद्धि

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ साउन । नयाँ आर्थिक वर्ष शुरु भएपछिको आईतबार शेयर बजारमा पहिलो कारोबार हो । पहिलो दिनको शेयर बजारको कारोबार उत्साहजनक देखिएको छ ।

शेयर बजारमा छाएको हरियालीसंगै करोबारमा भएको बृद्धिले लगानीकर्ताहरुको यसअघि खस्किएको मनोवल ह्वात्तै बढेको छ ।

नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । नेप्से ३.३७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ ।

२२१ कम्पनीको कारोबार भएको छ । २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयरको खरिदबिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाह २६ हजार ४९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहसहित सबै १३ वटै उपसमूहमा हरियाली छाएको हो । अर्थात सबैको शेयर बढेको छ ।

आज लगानीकर्ताहरु सबैभन्दा बढी विकास बैंकतिर झुम्मिएका छन् । यस समूहको ५.०५ प्रतिशतले बृद्धि भएको छ । यस्तै बैंकिङतर्फ ४.७१ र जीवन बीमातर्फ ३.८१ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्स लिमिटेडको ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । यसपिछ नबिल बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक लिमिटेड, कामना सेवा विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन डिष्टीलरी लिमिटेड, सानिमा बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् ।