जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्काशनको तयारी गर्दै

-



     सफल आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ ।

संस्थाले शेयर निष्काशनको लागि नेपाल धितोपत्र बाेर्डबाट अनुमति अनुमति पाएपछि शेयर निष्काशनको प्रक्रियामा जाने तयारी गरेको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल तोकिएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित सिमलचौरमा प्रधान कार्यालय रहेको संस्थाले देशका २० जिल्लामा व्यावसायीक सेवा संचालन गरिरहेको छ ।

चुक्ता पूँजी १० करोड ७८ लाख रहेको संस्थाको आइपीओ बिक्री पश्चात चुक्ता पूँजी १६ करोड पुग्ने भएको छ ।

यसैबीच संस्थाको आइपीओ रेटिङ सकिएको छ । इक्रा नेपालले संस्थाको आइपीओलाई इक्रा एनपी आईआर बीबी रेटिङ प्रदान गरेको छ । इक्राको यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व बहन गर्नमा मध्यम खालकाे जोखिममा रहेको इंगित गर्छ ।