सामलिङ पावरले पायो १२ करोड ३० लाखकाे आइपीओ निष्काशनको अनुमति

-



     सफल आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ साउन । सामलिङ पावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएकाे छ । अनुमति प्राप्त गरेपछि आइपीओ निष्काशनको तयारि गरिरहेको छ ।

कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उक्त परिमाणको आइपीओ निष्काशनको अनुमति प्रदान गरेको हाे ।

सामलिङ पावर कम्पनीले इलाममा माईबेनी जलविद्युत आयोजना बनाएको छ । आयोजनाबाट उत्पादन हुने ५३.२८ गिगावाट उर्जा नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी बाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

आइपीओ रेटिङ संस्था इक्रा नेपालले इक्रा एनपी बीबी माइनस रेटिङ दिएको छ । यसको अर्थ वित्तीय जोखि मध्यम खालको हुनसक्छ भन्ने हो । सामलिङ पावर कम्पनी उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।