नेप्से पुग्यो २९९४.५८ विन्दुमा, ११ अर्ब ८१ करोढ बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष शुरू भएकाे छ । साउन महिनाको शुरु साताको कारोबार भएको दोश्रो दिन सोमबार शेयर बजार सकारात्मक लयमा देखिएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासकाे मत पाएसंगै नेप्से उकालाे लागेकाेमा लगानीकर्ताहरूमा उत्साह जगाएकाे छ । पाँच उपसमूहका सूचकांकहरु घटेका भएपनि बाँकी ८ उपसमूहका सूचकहरु बढेका छन । कारोबारमा पनि बृद्धि भएको छ ।

नेप्से परिसूचक १३.९७ अंकले बृद्धि भएर २९९४.५८ विन्दुमा पुगेको छ । नेप्से ०.४७ अंकले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेर ५६०.९४ विन्दुमा पुगेको छ ।

कुल २१९ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।

कुल १३ उपसमूहमध्ये बैंकिङ, व्यापार, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूह राताम्मै भएका छन् । उनीहरुको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक अव्वल देखिएको छ । बैंकको ३५ करोड ४१ लाख ६६ हजार ४४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।