
काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्डले ब्रोकरको नयाँ लाईसेन्स दिने भएपछि ब्रोकर कम्पनीहरु दर्ता हुने क्रम चलिरहेको छ । पछिल्लो पटक शेयर बजारमा शेयर खरिदबिक्री लगायतका कार्य गर्नका लागि अर्को नयाँ कम्पनी नबिल बैंकले दर्ता गरेको छ ।

बैंकले आज कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । कम्पनीको रजिष्ट्रेशन नम्बर २६४८७० हो भने कम्पनीको नाम “नबिल सेक्यूरिटिज” रहेको छ । नबिल बैंकले शेयरको खरिदबिक्री गर्ने, स्टक डिलरको काम तथा शेयर ब्रोकरको रुपमा काम गर्ने लक्ष्य लिएर कम्पनी दर्ता गरेको जनाईएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले यही काम गर्नका लागि अन्य कम्पनीहरु पनि दर्ताको लागि आएको बताएको छ । केहि कम्पनी दर्ता हुने क्रममा रहेका छन् भने केहिले सेबोनबाट अनुमति ल्याउने चरणमा रहेका छन् । त्यहाँबाट अनुमति लिएर आईसकेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनेछन् ।
असारको पहिलो हप्ता एनएमबि बैंकले ब्रोकर कम्पनीको काम गर्नका लागि नयाँ कम्पनी दर्ता गरेको थियो । यस्तै हाथवे इन्भेष्टमेन्टको ब्रोकर कम्पनी दर्ता भएको छ ।
पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले ब्रोकरको काम गर्नका लागि नयाँ लाइसेन्स दिने कुरा शेयर बजारमा चलेपछि कम्पनी खोल्नका लागि आवेदन दिनेहरु पनि बढिरहेका छन् । कार्यालयका अनुसार धेरै वाणिज्य बैंकहरुले ब्रोकरको काम गर्नका लागि कम्पनी दर्ता गराईसकेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




