
काठमाडौं, ५ साउन । लक्ष्मी बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले असार असार २८ गतेदेखि वार्षिक ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको थियो । यसअघि चाँडोमा असार ३१ तथा माग बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा साउन ११ गतेसम्म आवेदन लिने भनिएको थियो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । त्यसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत किसिमले विक्री गरिने भएको छ ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ तथा बढीमा १ लाख कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन । लगानीकर्ताले सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र शाखा कायालयबाट आवदेन लिन सक्नेछन् ।
डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आज कार्यालय समय अवधिसम्म आवेदन दिन सकिने छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




