कामना सेवा विकास बैंकले माग्यो १ अर्बको ऋणपत्र बिक्रीका लागि सेबोनसंग अनुमति

-



     सफल आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ साउन । कामना सेवा विकास बैंकले १ अर्ब बराबरको डिबेन्चर (ऋणपत्र) निष्काशनकाे लागि अनुमति मागेकाे छ । बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि ल्याउन लागेकाे हाे ।

ऋणपत्र निष्काशनकाे लागि लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा अनुमतिको लागि निवेदन दिइसकेकाे छ ।

बैंकका अनुसार प्रतिइकाई रुपैयाँ १००० मूल्य दरमा १० लाख इकाई ऋणपत्र बिक्री गरिने भएको छ । कुल इकाईबाट सर्वसाधारणका लागि ४ लाख इकाई रहेको छ भने बाँकी रहने ६ लाख इकाई ऋणपत्र बैंक स्वयंले व्यक्तिगत तवरले विभिन्न संघ, संस्थाहरूलाई बिक्री गर्नेछ ।

१० वर्षे अवधिको ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्रकाे वार्षिक भुक्तानी गर्नुपर्ने ब्याज ९ प्रतिशत रहेको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकिएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएलगत्तै ऋणपत्र निष्काशन गरिने बताएको छ ।