
काठमाडौं, ६ साउन । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यमा क्रमिक रुपले सुधार भईरहेको छ ।
काठमाडौं बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका जिसी उपचारको छैटौं दिन बुधबारबाट ह्वील चियरमा बस्न सक्ने भएका छन् । मेयर जिसी आफुलाई भेट्न आउने आफन्तलाई चिन्न सक्ने र बोल्न सक्ने भएका छन् । उनलाई पाईपबाट जाउलो दिईएको छ ।
अस्पतालका डा.सागर कोईरालाले मेयर जिसी अब मुखबाट जाउलो खाने अवस्थामा फर्किन लागेको बताएका कार्यबाहक उपमेयर मञ्जुदेवी गुरुङ र छोरी मञ्जु जिसीले बताएका छन् । छाति घाँटीमा इन्फेक्सन नदेखिएको कारण अर्को हप्तादेखि स्वास्थ्यमा चाँडो सुधार हुने र फिजियोथेरापि गराईने अस्पतालले जानकारी दिएको पाेखरा महानगरपािलकाका प्रवक्ता धन बहादुर नेपालीले सफल आवाजलाई बताए ।
मष्तिकघात भएका विरामीको शल्यक्रियापछि पूरानो अवश्थामा फर्किन केहि समय लाग्ने चिकित्सकको भनाई छ ।
साउन १ गते बिहान करिब ४ बजे जिसीलाई असहज महसुस भएपछि तत्कालै पाेखराकाे महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेर मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
मणिपाल शिक्षण अस्पतालमा उनको उपचारमा सम्लग्न चिकित्सकले उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले शरीरको देब्रेतर्फ समस्या भएको बताएका थिए । साेहि दिन जिसीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




