दराज-सामसंगबीच साजेदारी: नयाँ सामसंग ग्यालेक्सी एफ २२ को प्रि बुकिङ्ग शुरू

-



     सफल आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित



काठमाडैं, ६ साउन । नेपालको अग्रणी अनलाइन बजार दराजले सामसंग नेपालसंग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२ (Samsung Galaxy F22) को प्रि-बुकिङ्ग सुरु भएको घोषणा गरेको छ। ग्यालेक्सी एफ २२ को लन्च संगै सामसंगको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिदै छ। ग्राहककाे लागि दराज एपमार्फत श्रावन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग शुरू भएकाे छ ।

सामसंग ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले बनेकाे छ । यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर (two cortex A76 cores and six Cortex A55 cores) रहेको छ । शक्तिशाली र सुध्रिढ प्रदर्शन यो फोनको आकर्षण हो। यसैगरि सामसंग ग्यालेक्सी एफ २२ को डिस्प्ले फोन मा ६.४” यच डि + इन्फिनिटी-यु सुपर आमोलेड डिस्प्ले रहेको छ । डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ। यसैगरि ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१ मा चल्छ । एसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनकासाथ फोनलाई आफु अनुकुल बनाउन सकिन्छ।  सुरक्षाको लागि फोनको छेउ पट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडी को क्यामेरामा फेस अनलकको फिचर छ।

ग्यालक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै LED फ्ल्याश, प्यानारोमा र यच डि आर जस्ता अन्य फिचर्सहरु रहेको छ। यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भब बनाउदछ। फ्रन्ट क्यामेरा ८ यम पीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसंग खिच्न सकिन्छ। क्यामेरा का थप अन्य बिशेस्थाहरु भने फूड मोड, हाइपरल्याप्स, स्लो मोशन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ ।

सामसंग ग्यालेक्सी एफ २२ जुलाई २१ देखि दराजमा प्रि-बुकिंगको लागि उपलब्ध छ भने ९ श्रावन (२७ जुलाई) देखि शपिंगका लागि उपलब्ध हुनेछ। दराजले अहिले नेपालका ४७ भन्दा बढी शहरहरूमा डेलिभर गर्दछ र दराज मार्फत तपाईले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नुहुन्छ। एक वर्षको ब्रान्ड वारन्टी, १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकहरुले मज्जा लिन सक्नेछन्। ग्राहकहरूले ग्यालक्सी एफ २२ लाई दराज मार्फत  ०% ब्याज ईयमआइ  (EMI) मा पनि खरीद गर्न सक्दछन्।  ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ । ४ जीबी राम/६४ जीबी स्टोरेज र ६ जीबी राम/१२ जीबी स्टोरेज ४ जीबीको मूल्य रु २०,४९९ रहेको छ । ६ जीबीको मूल्य रु २३,९९० र  ग्यालक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।

यसैगरि, दराज महाबचात बजारमा खरिद गरे थप छुट प्राप्त गर्न सक्छन्।  महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकहरुले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन्। कम्पनीले दराज एप डाउनलोड गरेर नयाँ सामसंग ग्यालेक्सी एफ २२ प्रि-बुकिङ्ग गर्न अनुराेध गरेकाे छ ।