सुनको भाउमा निरन्तर गिरावट, चाँदीको सामान्य बढ्यो, काराेबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ साउन । सुनको भाउमा निरन्तर गिरावट आएको छ । साताको पाँचौं दिन बिहिबार पनि सुनको मूल्य रुपैयाँ ७०० ले घटेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ७०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि छापावाला सुन रुपैयाँ ७०० ले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।

तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा भने सामान्य १० रुपैयाँले बृद्धि भएको छ । यसरी बृद्धि भएको चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।