
काठमाडौं, ७ साउन । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । सबैभन्दा बढी म्युचुअल फण्ड उपसमूहतर्फ आकर्षण देखिएको छ । यो उपसमूहको ५.२७ प्रतिशतले मूल्य बढेको छ । यस्तै बैंकिङ उपसमूहको १.७२ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेको छ । नेप्सेले ३००० को विन्दु पार गरेपछि लगानीकर्तामा उत्साह जागेको छ । नेप्से ०.६३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा पुगेको छ ।
कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी कृषि विकस बैंककाे ४६ करोड २१ लाख ४७ हजार २४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहमा हरियो लागेको छ । उनीहरूको शेयर बढेको छ । बैंकिङ उपसमूहको १.७२ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.८३ प्रतिशत, फाइनान्सतर्फ १.५४, नीर्जिवन बीमातर्फ ०.२७ प्रतिशत र सबैभन्दा बढी म्युचुअल फण्डतर्फ ५.२७ प्रतिशतले बढेको छ ।
८ उपसमूहहरू व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




