बढ्यो फेरि सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ साउन । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा सामान्य १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावा सुन रुपैयाँ ७०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन बिहिबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी रुपैयाँ १० ले बृद्धि भएर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।