राष्ट्र उत्थान लघुवित्त र जाल्पा सामुदायिकले मागे आइपीओ निष्काशनको अनुमति

-



     सफल आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ साउन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था तथा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण शेयर आइपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसंग अनुमति माग गरेका छन् ।

दुबै लघुवित्तले जम्मा १३ लाख ७२ हजार कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन् । राष्ट्र उत्थान लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ ।

आइपीओ रेटिङ एजेन्सि इक्राले राष्ट्र उत्थानको लागि इक्राएनपी इस्यूआर बीबी रेटिङ दिएको छ । यो भनेको कम्पनीको अवश्था तथा वित्तीय दायित्व हन गर्ने क्षमता मध्यम खालको जोखिममा भएको बुझिन्छ ।

राष्ट्र उत्थान लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल तोकिएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन तथा बिक्रीको लागि बोर्डसंग अनुमति मागेको छ ।

जाल्पा सामुदायिक सघुवित्तको आइपीओ रेटिङ सकिएको छ । इक्राले कम्पनीको लागि इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस कम्पनीको पनि आधारभूत अवश्था तथा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम खालकै रहेको इंगित गर्दछ ।

जाल्पा सामुदायिक सघुवित्तको आइपीओ आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रमु क्यापिटल तोकिएको छ ।