नबिल बैंक आयो दूर संचारलाई उछिन्दै पहिलो नम्बरमा

-



     सफल आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ साउन । बैंकिङ क्षेत्रमा सधैं अगाडी रहेको नबिल बैंकको अर्को सफलता शेयर बजारमा पनि देखिएको छ । नाफा तथा लाभांशमा अब्बल देखिदैं आएको नबिल बैंक शेयर बजारमा पनि अब्बल रहने संकेत दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका सूचीकृत कम्पनीहरुमध्ये नबिल बैंकको बजार पूँजीकरण सबैभन्दा बढी रहेको छ । जो १ खर्ब ९६ अर्ब पुगेको जनाईएको ।

नबिल बैंक बजार पूँजीकरणको अर्थले दोश्रो बजारमा कारोबार हुने कम्पनीहरुमध्ये पहिलो पटक सबैभन्दा अगाडी देखिएको छ । यसअघि बैंक दोश्रो स्थानमा रहेको थियो ।

पछिल्लो समयमा शेयर बजारमा नयाँ-नयाँ लगानीकर्ताहरुको आगमन तथा पूराना शेयर खेलाडीहरुको निरन्तरताको कारण शेयर बजार चलायमान भईरहेको छ । लगानीका लागि कोरोनाकालमा अन्य उपयुक्त विकल्प नभएकोले पनि डिजिटल प्लेटफर्ममा देश विदेशबाट लगानीको ओईरो लागिनै रहेको छ ।

नबिल बैंकको शेयरमा पनि धेरै लगानीकर्ताहरुको आकर्षण हुनुको कारणले पनि दोश्रो बजारमा करोबार मूल्यमा निरन्तर बृद्धि भईरहेको छ ।

अहिले नबिल बैंकको दोश्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत भएको छ । नबिल पछि बजार पूँजीकरणको रुपमा नेपाल दूर संचार कम्पनी दोश्रो क्रममा रहेको छ । कम्पनीको बजार पूँजीकरण १ खर्ब ९४ अर्ब रहेको छ । जो नबिल बैंकको भन्दा दुई अर्बले कम हो । तेश्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको बजार पूँजीकरण १ खर्ब ६१ अर्ब रहेको छ ।