सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ साउन । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएको हो भने चाँदी स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेर आईतबारकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।