लम्बियो नबिल बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद साउन २४ गतेसम्म

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ साउन । नबिल बैंकले साउन १० गतेदेखि निष्काशन तथा बिक्रीका लागि ल्याएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ मा आवेदन दिने म्याद साउन २४ गतेसम्म लम्बिएको छ ।

बैंकले ७ वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर (ऋणपत्र) बिक्रीमा ल्याएको थियो ।

कुल डिबेन्चर (ऋणपत्र) बाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणका लागि बिक्री गरिने भएको छ । यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले विभिन्न संघ, संस्थाका लागि बिक्री गरिने भएको छ ।

यसअअघि बैंकको ऋणपत्र खरिद गर्ने म्याद साउन १३ गतेसम्म तोकिएको थियो । तोकिएको म्यादभित्र माग बमोजिमको आवेदन नपरेकोले ढीलोमा साउन २४ गतेसम्म आवेदन पेश गर्न सकिने भएको हो ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटिमा २५ कित्ता तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि सिआस्वा सदस्य रुहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालमा आवेदन बुझाउन सकिने भएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।