सबैको लघुवित्तको नाफा २३१.६७ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ साउन । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ११ करोड ४३ लाख खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणको समिक्षा अवधिमा खृद नाफा ११ करोड ४३ लाख कमाउन सफल भएको हो । सोहि अवधिको अघिल्लो वर्षको नाफाभन्दा २३१.६७ प्रतिशतले बढी देखिन्छ । उक्त वर्षमा कम्पनीले जम्मा ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको संचालन मुनाफा १७६.६२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५ करोड ४७ लाख रहेकोमा समिक्षा अवधिमा संस्थाको संचालन मुनाफा १५ करोड ५१ लाख पुगेको छ ।

संस्थाको खुद ब्याज आम्दानी ४८.९८ प्रतिशत बढेको छ । जो २३ करोड ७६ लाख हुन आउँछ । अघिल्लो पटक यस्तो आम्दानी १५ करोड ९४ लाख रुपैयाँ मात्र थियो ।

संस्थाको जगेडा कोषको आकार पनि बढेको छ । यो ११५.९६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षमा ४ करोड ३२ लाख रुपैयाँ रहेकोमा यस अवधिमा बढेर १२ करोड ८० लाख पुगेको छ । संस्थाको चुक्ता पूँजी २० करोड ६० लाख रहेको छ ।