
काठमाडौं, १३ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसंगै र देउवा नेतृत्वको सरकार बनेकै दिनदेखि सकारात्मक लयमा फर्किएको शेयर बजारमा साताको चौथो दिन नयाँ रेकर्ड कायम भएसंगै लगानीकर्ताहरूमा उमंग छाएकाे छ ।
अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उचाई ३०९४.९४ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि उत्साहजनक रहेको छ । लगानीकर्ताहरु होटल तथा पर्यटनतर्फ झुम्मिएका छन् ।
मंगलबार नेप्से ३०७९.६७ विन्दुमा पुगेको थियो । आज सो रेकर्डलाई तोड्दै नेप्से ३०९४.९४ विन्दुमा पुगेको छ । सूचकहरुमा सामान्य सुधार भएको छ भने होटल तथा पर्यटनतर्फ चमक देखिएको छ । अघिल्लो दिनको तुलनामा करिब २ अर्ब कम कारोबार भएपनि उत्साहजनक मानिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ विन्दुमा पुगेको हाे । नेप्से ०.५० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले बढेर ५७४.३२ विन्दुमा पुगेको छ
कुल २१९ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयरको खरिदबिक्रीबाट १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाएको छ । बाँकी बैंकिङ, हाइड्रोपावर, उत्पादन र म्युचुअल फण्ड उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।
सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहतर्फ ७.०९ प्रतिशतको बृद्धि भएको छ । यसपछि नीर्जिवन बीमा, लगानी र फाइनान्स उपसमूहका सूचक धिमा गतिले बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३८ करोड, ५३ लाख ६९ हजार ७५० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




