जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कारोबार आजबाट शुरू

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि बिहिबारबाट काराेबार शुरू हुँदैछ ।

संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको हो । संस्थाले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ ।

दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि (JBLB) संकेत पाएको छ । शेयर सूचीकृत भईसकेकोले बिहबार साउन १४ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु हुने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । ३० हजार ४२० कित्ता शेयर कर्मचारीको लागि छुट्याईएको थियो । ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि रहेको थियो ।