उकालो लाग्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ साउन । साताको पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएको छ । सुनमा रुपैयाँ ३०० ले र चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ३०० ले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा रुपैयाँ १५ ले बृद्धि भएर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।