
काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रति सेयर आम्दानी (ईपीएस) पनि १ रुपैयाँ ५० पैसाले बढेर १५.३८ रुपैयाँ पुगेको छ । पीई रेसियो १४.५५ बाट २५.१ पुगेको छ भने नेटवर्थ पस सेयर १४८.४९ पुगेको छ । बैंकको निस्कृय कर्जा भने बढेको छ । समीक्षा अवधिमा निस्कृय कजौ अनुपात बढेर २.७७ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको निक्षेप ५८.९२ प्रतिशतले बढेको छ भने कजौ ५०.१३ प्रतिशतले बढेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




