प्रभु बैंकको संस्थापक शेयरकाे लिलामी बिक्री खुल्ला

-



     सफल आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ साउन । प्रभु बैंकले आजदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्ला गरेकोे छ ।

लिलामी शेयरका लागि बैंकका संस्थापक शेयरधनीहरुसंगै लगानीका लागि इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले आव्हान गरे बमोजिम बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्यदेखि माथिको मूल्य राखेर बोलकबोल पेश गर्न सक्नेछन् ।

संस्थापक शेयरमा बोलपत्र पेश गर्ने म्याद साउन २९ गते दिउँसो साढे १ वजेसम्म रहेको छ । यसका लागि आवेदनकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापटिल, नागपोखरीमा पुग्ने गरी शर्तहरुको अधिनमा रहेर शिलबन्दि बोलपत्र आवेदन पेश गर्न आव्हान गरिएको छ ।

तोकिएको म्यादभित्र प्राप्त हुने शिलबन्दि बोलपत्रहरु साउन ३१ गते आइतबार बिहान १० वजे एनएमबि क्यापिटल, नागपोखरी, काठमाडौंमा बोलपत्र दाताहरु वा तिनका प्रतिनिधिबीच खोलिने भएको छ ।