
काठमाडौं, १५ साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा बृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।
डिप्रोक्सको आज सार्वजनिक गरिएको आर्थिक विवरणका अनुसार समिक्षा अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा गरेको जनाईएको छ । अघिल्लो वर्ष संस्थाले २७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्षमा ४६ करोड १८ लाख संचालन मुनाफा गरेको डिप्रोक्सले समीक्षा अवधिमा बढेर ७६ करोड ८१ पुगेको जनाएको छ ।
संस्थाले खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड पुगेको जनाएको छ । अघिल्लो पटक खुद ब्याज आम्दानी ९५ करोड ९७ लाख रहेको थियो ।
सार्वजनिक भएको वित्तीय विवरणका अनुसार १५ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरिएको छ । जसमा ७ अर्ब ७८ करोड सापटी लिएको उल्लेख छ । अघिल्लो पटक संस्थाको कर्जा परिचालन ११ अर्ब ५४ करोड रहेको थियो ।
संस्थाको जगेडा कोषको रकम पनि बृद्धि भएको जनाएको छ । समीक्षा अवधिमा कोषको रकम बढेर १ अर्ब २९ करोड पुगेको जनाईएको छ । अघिल्ला पटक यो रकम ८३ करोड ३१ लाखमा सिमित थियो ।
संस्थाको खराब कर्जा घटेको छ । समीक्षा अवधिमा खराब कर्जा ०.९२ प्रतिशत रहेको छ । अघिल्लो पटक यो २.४७ प्रतिशत रहेको थियो । डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



